Rule 25
बालकको स्वास्थ्य र सुरक्षा सम्बन्धमा अपनाउनु पर्ने व्यवस्था
ऐनको दफा ११ बमोजिम प्रतिष्ठानमा काम गर्ने बालकको स्वास्थ्य र सुरक्षाका सम्बन्धमा व्यवस्थापकले देहायका व्यवस्थाहरू अपनाउनु पर्नेछः–
(क) प्रत्येक दिन कार्यस्थलको सरसफाई गरी आवश्यकता अनुसार किटनाशक औषधिको प्रयोग, समुचित निकासको प्रबन्ध एवं समय समयमा रंग रोगन समेत
लगाई फोहर, मैलाबाट हुने दुर्गन्ध हटाउन उचित व्यवस्था मिलाउने, (ख) काम हुने कोठामा पर्याप्त हावा, प्रकाश एवं उपयुक्त तापक्रमको व्यवस्था गर्नु
पर्ने,
(ग) काम गर्ने कोठामा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने धुलो, धू“वा, दुषित हावा,वाफ एवं अन्य दुषित पदार्थ जम्मा हुन नदिने,
(घ) पर्याप्त मात्रामा पिउने पानीको व्यवस्था गर्ने,
(ङ) बालक र बालिकाको लागि पायक पर्ने स्थानमा बेग्ला बेग्लै शौचालयको व्यवस्था गर्ने,
(च) आगलागीबाट बचाउन आवश्यकता अनुसार अग्नि नियन्त्रक उपकरण राख्ने,
(छ) प्रतिष्ठानको हाता भित्र सहुलियत दरमा चमेनागृह स्थापना गर्ने,
(ज) बालकलाई पन्ध्र किलो ग्राम तौलभन्दा बढी उठाउन वा ओसार पसार गर्न वा बोकाउन नहुने,
(झ) कामको सिलसिलामा बच्न र बचाउनका लागि सुरक्षा सम्बन्धी नियम पालन गर्न सिकाउने र
(ञ) पालो मिलाएर कार्य समयको बीचमा आराम गर्ने व्यवस्था मिलाउने ।